इटालियन सिरी ए

किलिनी र डिबालाको बिदाई खल्लो

मिलान । पूर्वकप्तान जर्जियो किलिनी र पाबलो डिबालालाई सुखद बिदाई गर्ने युभेन्टसको लक्ष्यले शनिबार पूर्णता पाएन । 

इटालियन सिरी ‘ए’अन्तर्गत शनिबार सम्पन्न यस सिजनको आफ्नो अन्तिम खेलमा युभेन्टस फियोरेन्टिनासँग २-० ले पराजित भयो ।

युभेन्टसले यसअघि नै सिरी ‘ए’को चौथो स्थानमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा छनोट भैसकेको छ । युभेन्टसले सिरी ‘ए’ को चौथो स्थानमा बस्दै सिजनको अन्त्य गरेको यो लगातार दोस्रो पटक हो ।

किलिनी र डिबालाले यस सिजनको अन्त्यसँगै युभेन्टस छोड्ने निर्णय गरेका थिए । इटालीका कप्तान समेत रहेका किलिनीले आगामी महिना अर्जेन्टिनाविरुद्ध हुने मैत्रीपूर्ण खेलपछि अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरिसकेका छन् ।

उनको कप्ताननीमा इटालीले इङल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपव २०२० को उपाधि जितेको थियो । यद्धपी इटाली लगातार दोस्रो पटक विश्वकपका भने स्थान बनाउन असफल रह्यो ।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा डुकानले गरेको गोलमा फियोरेन्टिनाले अग्रता लिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा गोन्जाल्वेजले पेनाल्टीको सदुपयोग गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए ।

युभेन्टसको ३८ खेलमा ७० अंक रह्यो । समान खेलमा सातौं स्थानको फियोरेन्टिनाको भने ६२ अंक छ । यससँगै फियोरेन्टिनाले आगमी सिजन युरोपा कन्फरेन्स लिगको टिकट पक्का गरेको छ ।