नेपाली फुटबल

प्रशिक्षकको व्यवहारप्रति मेरो असन्तुष्टि छ: कप्तान किरण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले मुख्य प्रशिक्षकको व्यवहारप्रति आफ्नो असन्तुष्टि जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै किरणले भनेका छन्, 'राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ । राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै सहि होइन । टोलीको कप्तान र एक सदस्यको हिसाबले म सधैं खेलाडीको पक्षमा छु ।'

राष्ट्रिय टिममा विद्रोह गरेर १० खेलाडी बन्द प्रशिक्षणमै अनुपस्थित रहेका थिए ।

यो पनि पढ्नुहोस्:

हिजो बेलुका नै छाडेका थिए ९ खेलाडीले होटल