म्यानचेस्टर सिटी

बर्नबेउमा आक्रामक फुटबल खेल्नेछौंः ग्वार्डिओला

लन्डन । इङ्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले च्याम्पियन्स लिग सेमिफाइलनको दोस्रो लेगमा रियाल मड्रिडविरुद्ध आफ्नोको टोली आक्रामक प्रस्तुती हेर्न चाहेको बताएका छन् ।

इतिहाद रंगशालामा भएको पहिलो लेगमा ४–३ को साँधुरो जित निकालेको सिटीले दोस्रो लेगमा सान्टियागो बर्नबेउ घरेलु टोलीविरुद्ध खेल्नेछ ।

सिटीका केभिन डी ब्रुयना, ग्याब्रियल जिसस, फिल फोडेन, र बर्नान्र्डो सिल्भाले गोल गर्दा करिम बेन्जेमाले दुई र भिनिसिय जुनियरले एक गोल गरेपछि रियाल अग्रता साधुराएको थियो ।

यद्यपि, पहिलो लेगमा सिटीले देखाएको अट्याकिङ फुटबलबाट सन्तुष्ट ग्वार्डिओलाले दोस्रो लेगमा पनि सोही लयलाई निरन्तरता दिने बताएका हुन् ।

‘हामीले एक उत्कृष्ट टिमविरुद्ध निकै राम्रो प्रदर्शन गर्यौं । मलाई लाग्छ पहिलो हाफमा हामी टिम बिल्ड अपमा केही अत्तालिँदा विपक्षी टिमले पहिलो हाफमा खेलमा फर्किने मौका पायो,’ ग्वार्डिओलाले भने, ‘सामान्यरुपमा हामीले अहिले राम्रो र सुरक्षित अवस्थामा छौं । तर, अझै फाइनल पुग्न बाँकी नै छ र यो फुटबल हो । हामी मड्रिडमा आक्रामक फुटबलसहित जितको लक्ष्यमा हुनेछौं ।’