नेपाली फुटबल

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल तय भएको जनाएको हो । नेपालले दा्ेहामा जेठ ११ र १५ गते अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

यसअघि नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालले छनाेटअघि तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएका थिए ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरीयतामा नेपालभन्दा माथि छन् । छनोटको सबै खेल कुवेतामा हुनेछन् ।

यसअघि नेपाली टोलीको प्रशिक्षक अल्मुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

नेपाली टोलीः

गाेलकिपरः किरण कुमार लिम्बू (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ

रक्षक: अनन्त तामाङ, विकास खवास, देवेन्द्र तामाङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, सुरजजिउ ठकुरी, 

मिडफिल्डरः आयुष घलान, मनिष डांगी, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनिल बल, तेज तामाङ, एरिक विष्ट, विशाल राई

स्ट्राइकरः विमल घर्तिमगर, अन्जन विष्ट, दर्शन गुरुङ, नवयुग श्रेष्ठ