रग्बी

रग्बीको उपाधि गोर्खाली र बडिमालिकालाई

काठमाडौं । चितवनमा सम्पन्न यु २० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि पुरुषतर्फ गोर्खाली रग्बी क्लबले र महिलातर्फ बडिमालिका रग्बी क्लबले जितेका छन् ।

शनिबार पुरुषतर्फ गोर्खाली रग्बीले फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले र महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०–० ले पराजित गर्यो ।

प्रतियोगितामा पुरुषतर्फ गोर्खाली रग्बी क्लबका रोहन डंगोल र महिलातर्फ बडिमालिका रग्बी क्लबका अर्पना थापा उत्कृष्ट हुन सफल भए ।

प्रतियोगितामा पुरुषतर्फ पोल ‘ए’ गोर्खाली रग्बी क्लब काठमाडौं, चितवन रग्बी क्लव, बडिमालिका रग्बी क्लब, मकवानपुर रग्बी क्लब र हिमालयन रग्बी क्लब सहभागी थिए ।

यस्तै, महिला तर्फको पोल ‘ए’ मा मकवानपुर रग्बी क्लब, नेपाल वुमेन्स रग्बी, बडिमालिका रग्बी क्लब, हिमालयन रग्बी क्लब र चितवन वरियर्स क्लबको सहभागिता थियो ।

प्रतियोगिता नेपाल रग्बी संघ र चितवन जिल्ला रग्बी संघको सहकार्यमा चितवन भरतपुरमा सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्यसचिव सुर्यलाल भण्डारीले गरेका थिए भने समापनमा नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दिपक देवकोटालगायतको उपस्थिती थियो ।

एक दिने प्रतियोगितामा रेफ्री प्रेमबहादुर कोइराला, श्रीराम श्रेष्ठ, सुजिना गुरुङ, विराट शेष्ठ र म्याच कमिसनरमा टंकराज गिरी थिए ।