एन्फा

जिल्ला फुटबल संघ मोहत्तरीको अध्यक्षमा मानन्धर सर्वसम्मत

काठमाडौं । जिल्ला फुटबल संघ मोहत्तरीको नयाँ कार्यसमितीमा प्रमोदकुमार मानन्धरको नेतृत्वमा सर्वसम्मत चयन भएको छ । 

शनिबार सम्पन्न चुनावी अधिवेसनबाट मानन्धरको नेतृत्वमा नौ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन भएको हो । 

मानन्धरको अध्यक्षतमा चुनिएको नयाँ कार्यसमितीको तीन उपाध्यक्षहरुमा देवेन्द्र शाह, सरोज राई र रामेश्वर शाह छन् । त्यस्तै सदस्यहरुमा मनोहरबहादुर सिंह,शम्भुप्रसाद शाह,नरबहादुर दर्लामी र त्रिलोकी रौनियार छन् । त्यस्तै महिला सदस्यमा रजनी राई रहेकी छिन् । अन्य दुई सदस्य भने कार्यसमितीको बैठकले मनोनयन गर्नेछ ।

यसअघि काभ्रे, पर्सा ,भोजपुर, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ ।