बायर्न म्युनिख

लेवान्डोवस्की बायर्नमै बस्छन्ः कान

म्युनिख । कार्यकारी प्रमुख ओलिबल कानले रोवर्टो लेवान्डोवस्की बायर्न म्युनिखमै बस्ने दाबी गरेका छन् ।

पछिल्लो केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले लेवान्डोवस्की स्पेनिस क्लब बार्सिलोना भित्रिने खवरहरु प्रकाशित गरिरहेका बेला कानले यस्तो दाबी गरेका हुन् ।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्कीले यस सिजन बायर्नबाट २९ बुन्डेसलिगाका खेलमा ३२ गोल गरेका छन् । यस्तै, उनले सबैखाले प्रतियोगितामा गरी बायर्नबाट यस सिजन ४७ गोल गरेका छन् ।

बायर्नसँगको सम्झौता सकिन लाग्दा केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेवान्डोवस्की ला लिगासँग जोडिने खवर प्रकाशित गरेका थिए । यद्यपि, कार्यकारी प्रमुख कानले भने अफवाहहरुका बीच लेवान्डोवस्की बायर्नमै बस्ने बताएका हुन् ।

‘पक्कै पनि लेवान्डोवस्कीको बारेमा गलत अफवाह प्रकाशित गर्न केही मान्छेहरुबीच प्रतिस्पर्धा चलेका हुनुपर्छ । लेवान्डोवस्की र क्लबबीच अर्को सीजनसम्मको सम्झौता छ । हामीमा प्रत्येक सीजन ३० देखि ४० गोल गर्ने खेलाडीलाई बदल्ने पागलपन सवार भएको छैन ।’