महिला च्याम्पियन्स लिग

कीर्तिमानी दर्शककसामू बार्सिलोनाले रियाल मड्रिडलाई हरायो

बार्सिलोना । रियाल मड्रिडको चुनौती ५–२ ले पन्छाउँदै बार्सिलोना महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान क्याम्प नाउमा कीर्तिमानी दर्शकको उपस्थितीमा बार्सिलोनाले चिरप्रतिद्वन्दीमाथि सहज जित निकाल्दै च्याम्पियन्स लिगको सेमिफाइनलय यात्रा तय गर्यो । बार्सिलोनाले रियाल मड्रिडको चुनौती समग्रमा ८–३ ले पन्छायो ।

यस खेल हेर्नका लागि क्याम्प नाउमा ९१ हजार पाँच सय ५३ जना दर्शकको उपस्थिती थियो । जुन महिला फुटबलमा उपस्थित भएका हालसम्मकै उच्च दर्शक संख्या हो । यसअघि सन् २०१९ मा भएको एथ्लेटिको मड्रिड र बार्सिलोनाबीचको खेलमा ६० हजार सात सय ३९ दर्शकको उपस्थिती थियो ।

पछिल्लो ७९ खेलमध्ये ७६ खेलमा जित निकालेको छ बार्सिलोनाले लिगको सेमिफाइलनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्दै छ ।