सहिद स्मारक ‘ए’ डिभिजन लिग

जर्ज प्रिन्सको गोलमा आर्मीलाई अग्रता

काठमाडौं । जर्ज प्रिन्स कार्कीको एक गोलप्रेरित त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत हिमालयन शेर्पा क्लबविरुद्ध जारी खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको छ ।

जारी लिगको ११औं चरण अन्तर्गत एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको २६औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दै विभागीय टोली आर्मीलाई अग्रता दिलाएका हुन् । 

टेक बहादुर बुढाथोकीले दिएको थ्रु बलमा जर्ज प्रिन्सले विपक्षी टोलीका गोलकिपरलाई बिट् गर्दै उत्कृष्ट गोल गरे । 

साविक उप विजेतासमेत रहेको आर्मी यसअघिका १० खेलबाट १८ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको शेर्पा आठौं स्थानमा छ ।