नेपाल-माैरिसस मैत्रीपूर्ण फुटबल

पहिलो हाफमा नेपाल र मोरिससको गोलरहित बराबरी

काठमाडौं । नेपाल र मोरिससले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुवै टोलीले गोलका केही अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् ।

१३औं मिनेटमा सुमन लामाको प्रहार बाहिरिदा नेपालले अग्रता लिने अवसर गुमाएको थियो ।

२६औं मिनेटमा विमल घर्तीमगरको फितलो प्रहार मोरिससका कप्तान तथा गोलकिपर केभिन जेन लुइसले सहजै नियन्त्रणमा लिएका थिए । 

३५औं मिनेटमा मोरिससका मिडफिल्डर एड्रियन फ्रान्कोइसको प्रहार नेपालका गोलकिपर किरण कुमार लिम्बुले बचाएका थिए ।

पहिलाे हाफकाे अन्तिम मिनेटमा अन्जनले गाेलकाे सुनाैलाे माैका खेर फाले । बक्सकाे देब्रेभागबाट गरेकाे प्रहार सेकेन्ड बारकाे नजिकैबाट बाहिरियाे । 

नेपालले मोरिससविरुद्ध मंगलबार दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । 

नेपालले पछिल्लो पटक भदौमा दशरथ रंगशालमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

मोरिसस पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको हो ।