कतार विश्वकप २०२२

वाल्मारलाई खेल खेलाउने जिम्मेवारी दिनु नै अनुचितः ब्राजिलका प्रशिक्षक टेटे

रियो दि जेनेरियो । ब्राजिलका प्रशिक्षक टेटेले कतार विश्वकप छनोट २०२२ अन्तर्गत बिहीबार इक्वेडरसँग ११ को बराबरी भएको खेल खेलाएका कोलम्बियाका रेफ्री वाट्मार रोल्डनको नियुक्ती र खेल दौरान उनले गरेका निर्णयको आलोचना गरेका छन् ।

वाल्मारले सो खेलमा चार वटा रातो कार्डको दर्शन गराएका थिए । जसमध्ये उनले ११औंं मिनेट र ९० औं मिनेटमा ब्राजिलका गोलकिपर एलिसनलाई दर्शन गराएको रातो कार्डको निर्णय भिडियो सहायक रेफ्री (भिएआर)ले उल्ट्याइ दिएको थियो । 

त्यस्तै इक्वेडरलाई दिइएको पेनाल्टीको निर्णय उल्टिएपछि मात्र शीर्ष स्थानको ब्राजिल हारको संघारबाट जोगिएको थियो ।

‘लिगको चौथो स्थानमा भएको राष्ट्रका रेफ्रीलाई शीर्ष स्थानको र तेस्रो स्थानको टोलीबीचको खेल खेलाउन किन नियुक्त गरियो’, टेटेले भने, ‘वाल्मार राम्रो रफ्री होलान तर उनले गरेका निर्णय सही थिएनन् । उनलाई खेल खेलाउन दिने निर्णय नै उचित छैन । खेलमा उनले गरेका निर्णय परिपक्क थिएन ।’