सहिद स्मारक ‘ए’ डिभिजन लिग

लय कायम राख्ने एपिएफको लक्ष्य, फ्रेन्डस र पुलिस दबाबमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबारबाट छैटौं चरणका खेलहरु सुरु हुँदैछन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुुने दिनको पहिलो खेलमा एपिएफ र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदैछ । 
पाँच खेलमा एक जित, तीन बराबरी र एक हारको नतिजापछि एनआरटी ६ अंकसहित तालिकाको सातौ स्थानमा छ । एपिएफ भने पाँच खेलमा एक जित, एक बराबरी र तीन हारको नतिजापछि चार अंकसहित तालिकाको ११औं स्थानमा छ ।\

सुरआती तीन खेल गुमाए पनि पछिल्लो दुई खेलको नतिजाले भने एपिएफको मनोबल बढेको छ । चौथो चरणमा थ्री स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेको एपिएफले पाँचौ चरणमा फेन्डस क्लबमाथि सजह जित हात पारेको थियो ।

आज हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र फ्रेन्डस आमने सामने हुँदैछ । 

लिगका सुरुआती चार खेलमा अपराजित यात्रा कायम राखेको पुलिसलाई मनाङ मस्र्याङदी क्लबले गत साता घरेलु मैदानको रुपमा रहेको पोखरा रंगशालामा निराश पारेको थियो ।

त्यसैले पुलिस फ्रेन्डसलाई पराजित गर्दै तालिकामा आफ्नो स्थान सुधार गर्न चाहन्छ ,। पुलिस पाँच खेलमा पाँच अंकसहित १० औं स्थानमा छ । 

त्यस्तै दुई अंक जोड्दै १४औं स्थानमा रहेको फ्रेन्डस पनि पुलिसविरुद्ध तीन अंक जोड्दै रेलिगेशन क्षेत्रबाट माथि उठ्ने लक्ष्यमा हुनेछ ।