इङ्लिस प्रिमियर लिग

सिटीलाई पछ्याउँदै लिभरपुल

लन्डन  । लिभरपुलले एस्टन भिल्लामाथि १-० को जितका साथ शीर्ष इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीसँगको अंक दुरी एक अंकमा झारेको छ ।

शनिबार चाँडो गरि सम्पन्न खेलमा सिटीले उल्भरहमटनलाई १-० ले हराउँदै शीर्ष स्थानमा चार अंकको अग्रता लिएको थियो । सिटीको जितमा रहिम स्टर्लिङले निर्णायक गोल गरेका थिए ।

घरेलु मैदान एन्फिल्डमा लिभरपुललाई तीन अंक दिलाउन ६७औं मिनेटमा मोहम्मद सलाहाले गरेको पेनाल्टी गोल निर्णायक बन्यो ।

सिटी १६ खेलमा ३८ अंकसहित शीर्ष स्थानमा छ भने समान खेलमा ३७ अंक जोडेको लिभरपुल दोस्रो र ३६ अंक बटुल्दै चेल्सी तेस्रो स्थानमा छ । समान २७ अंकसहित वेस्ट हम र म्यानचेस्टर युनाइटेड त्रमशः चौथो र पाँचौ स्थानमा छन् भने छैटौं स्थानको आर्सनलको  २६ अंक छ । 

शनिबार नै सम्पन्न अर्को खेलमा चेल्सीले लिडस् युनाइटेडलाई ३-२ ले हराएको हो । ु

त्यस्तै स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा युनाइटेडले नर्विच सिटीलाई १-० ले पराजित गर्दा आर्सनलले साउथहमटनलाई ३-० ले निराश पार्यो ।