इङ्लिस प्रिमियर लिग

पोग्बा क्लब भविष्यका बारेमा निर्णय लिन स्वतन्त्र छन्ः राग्निक

लन्डन । म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ रागनिकले पाउल पोग्बालाई ओल्ड ट्राफोर्डमै बस्नका लागि कर नगर्ने बताएका छन् । 

अक्टोबरमा विश्वकप छनोट खेलको अभ्यासका क्रममा फ्रान्सेली मिडफिल्डर पोग्बा ह्यामस्ट्रिङका कारण मैदान बाहिर बस्दै आएका छन् । पोग्बा र युनाइटेडबीचको सम्झौता यसै सिजनको अन्त्यपछि समाप्त हुँदेछ ।

२८ वर्षे पोग्बाले अहिलेकै सेवा सुबिधामा ओल्ड ट्राफोर्डसँगको सम्झौता नबिकरण नगर्ने बताइसकेका छन् । पोग्बाले युनाइटेडमा साढे पाँच वर्ष बिताइसकेका छन् ।

पोग्बाका एजेन्ट मिने राइओलोले शुक्रबार युनाइटेडले सम्झौता नबिकरणको प्रस्ताव गर्नुका साथै जर्मन बुन्डेसलिगा महारथी बायर्न म्युनिख पनि उनलाई भित्राउन इच्छुक रहेको जनाएका थिए । रियाल मड्रिड र पेरिस सेन्ट जर्मन (पिएसजी) र उनकै पूर्व क्लब समेत पोग्बालाई अनुबन्धन गर्न इच्छा देखाउँदै आएका छन् । 

‘म युनाइटेडमा पोग्बाको आवश्यकता छैन भन्दिन तर खेलाडी नै क्लबका बस्न इच्छुक छैन भने म उनीहरुलाई यही बस्नुपर्छ भनेर बाध्य पार्दिन’,रागनिकले भने, ‘खेलाडी आफ्नो गन्तब्य रोज्न स्वतन्त्र छन् । हामी पोग्बा अभ्यासमा फर्किएपछि उनीसँग छलफल भने पक्कै गर्नेछौ ।’

पोग्बा सन् २०१२ मा युभेन्टसबाट युनाइटेड आएका थिए । उनले यस सिजन  सबै खाले प्रतियोगिता गरि १३ खेल मात्र खेलेका छन् ।