सहिद स्मारक लिग

विभागिय डर्बीः सुखद सुरुआतको लक्ष्यमा आर्मी र पुलिस 


काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार विभागिय डर्बीमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछ । 

आर्मीका सहायक प्रशिक्षक राजु तामाङले टोली निरन्तर प्रशिक्षणमा रहेकाले जितका साथ आफ्नो लिग उपाधि यात्राको सुरुआत गर्ने बताए । 

‘हामी नियमित प्रशिक्षणमा छौ,’ तामाङले भने , ‘त्यसैले टोली स्वभाविक लयमै छ । स्ट्राइकर नवयुग श्रेष्ठको हालेै खुट्टाको शल्यक्रिया भएको छ । त्यसैले उनी हामीसँग टोलीमा छैनन । तर पनि टोलीमा कप्तान भरत खवार र जर्ज प्रिन्स कार्कीजस्ता अनुभवी स्ट्राइकर छन् । यस सिजनका लागि हामीले जगजिग श्रेष्ठलाई पनि टोलीमा भित्राएका छौ । उनको उपस्थितीले टोलीले थप उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौ । ’

त्यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले पनि युवा टोली भएको र नियमित प्रशिक्षण भएकाले सुखद सुरुआत गर्ने बताए ।

‘टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ’, अनन्तले भने, ‘हाम्रो लक्ष्य उपाधि जित्ने नै हो । त्यसका लागि टोलीका निरन्तर प्रशिक्षणमा छ ।’