कतार विश्वकप २०२२

बेल्जियम विश्वकपमा छनोट

ब्रसेल्स । शनिबार इस्टोनियामाथी ३-१ को जित दर्ता गरेसँगै बेल्जियमले कतार विश्वकप २०२२ मा स्थान सुरक्षित गरेको छ ।

यानीक कारस्कोको पासमा १३औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा कारस्कोले बेल्जियमको अग्रता दोब्बर बनाए । ७०‍औ मिनेटमा इरिक सोर्गाले इस्टोनियाबाट एक गोल फर्काए । 

७४औं मिनेटमा केभिड डी बु्रयनाको पासमा थोर्गन हाजार्डले तेस्रो गोल गरेपछि बेल्जियमले कतार विश्वकपको टिकट निश्चित गर्यो ।

विश्वकपको युरोपियन छनोटमा समूह ‘इ’ अन्तर्गत शनिबार राती नै भएको अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले पराजित गर्यो ।

समूहको शीर्ष स्थानमा रहेको बेल्जियमले सात खेलमा १९ अंक जोडेको छ । त्यस्तै समान खेलबाट १४ अंक जोडेको वेल्स दोस्रो, चार अंक जोडेको इस्टोनिया चौथो र आठ खेलबाट तीन अंक जोडेको बेलारुस तालिकाको पुछारमा छ ।