स्पेनिस ला लिगा

ला मसियाः स्थापनाको ४२ वर्षपछि पहिलो पटक महिला युथ एकेडेमी सुरु

बार्सिलोना । जब क्लाउडिया रियुमालो पिनेडा ब्युझिइन्, उनलाई आफू  कहाँ छु भन्ने पत्ता लगाउँन समय नै लागेन ।

उनको बेडरुमको झ्यालबाट जोहान क्रुफ रंगलशाला भित्र रहेको बार्सिलोनाको प्रशिक्षण मैदान देखिन्छ । जहाँ शीर्ष महिला टोलीबाट खेल्ने उनको सपना छ ।

उनी आफ्नो सपनालाई पछ्याइरहेकी छिन् । भर्खरै १८ वर्षकी पिनेडा नौ जनामध्येकी एक हुन जो स्पेनिस क्लब बार्सिलोनाको एकेडेमी ला मसियामा प्रशिक्षणका लागि भर्ना पाँउने पहिलो ब्याचकी महिला खेलाडी हुन् ।

 ला मसिया सोही प्रशिक्षण एकेडेमी हो जसले  विश्व फुटबलका चर्चित मुहार लियोनल मेसी, आन्दे्रज इनियस्टा र जाभी हर्नान्डेजजस्ता खेलाडी जन्माएको थियो ।

सन् १९७९ मा स्थापना भएयता पनि ला मसियामा महिला आवासको सुविधा थिएन । त्यसै कारण महिला युथ टोली समेत बनाइएको थिएन ।

तर, गत सिजनको महिला च्याम्पियन्स लिग, लिगा फेमेनिना र कोपा डेला रेनाको उपाधि चुमेको बार्सिलोनाको महिला टोलीले लामो समयदेखी महिला आवासको माग  गर्दै आएको छ ।

‘यो वर्ष  ला मसियामाले हामीलाई प्रशिक्षण र आवासको सुबिधासहित विशेष उपहार दिएको छ,’ पिनेडाले भनिन् ।

जसले वर्षैसम्म महिला खेलाडीहरुसँग प्रशिक्षण गर्नकै लागि आफ्नो सहर जिरोनाबाट कारमा दैनिक एक घण्टाको यात्रा गर्नुपर्थ्यो ।

केहि समय स्थानिय प्रतिद्धन्दी स्पान्योलबाट खेलेपछि उनले  अहिले बार्सिलोनाको ‘बी’ टोलीको प्रतिनिधित्व गर्छिन् ।  उनी रसायन बिज्ञानकी विद्यार्धी हुन् ।

आर्थिक संकट र क्लबका सर्वकालिन उत्कृष्ट खेलाडी लियोनल मेसीको अप्रत्यासित बर्हिगमनबाट स्तब्ध बनेको क्लबमा आजकाल शुभ समाचार महिला टोलीबाट आउने गरेको छ ।

क्लबको महिला टोलीले गत सिजन ‘तेहेरो’ उपाधि जित्दा बार्सिलोनाकी कप्तान एलेक्जिया पुटेलास युइएफएको वर्षको उत्कृष्ट खेलाडी घोषणा भएकी थिइन् भने यो महिलातर्फ बालोन डी ओर को मिनोनयनमा परेकी छिन् ।

‘यो निकै ठुलो दायित्व हो, किनकी हामी ला मसियामा प्रशिक्षणका लागी जाने पहिलो टोली हौं । साथै यो निकै हाम्रा लागि चुनौती पनि हो, १८ वर्षिय गोलकिपर लाउरा कोरोनाडोले भनिन् ।’

कोरोनाडोको फोटो सन् २०११ मा बनेको आधुनिक ला मसियामा बार्सिलोनाको पाँच व्यवसायिक खेलका एक सय पाँच जनासँगै झुन्डिएको छ ।

गाभी, जो बार्सिलोना पुरुष टोलीका हालका एक चर्चित अनुहार जो ११ वर्षका थिए र अहिले पनि यहि बस्छन् । त्यस्तै १९ वर्षिय अंशु फाती पनि यहीका उत्पादन हुन् ।

क्लबमा एउटा तस्बिर छ, जहाँ सन् २०१२ को नोभेम्ब २५ मा भएको बार्सिलोना र लोभान्तेबिचको खेलको तस्विर राखिएको छ ।

साे वर्ष बार्सिलोनाले आफ्नो उपाधि त थप्यो नै तर यो वर्ष ला मसियाको लागी पनि ठुलो सफलताको वर्ष थियो । सो खेलमा बार्सिलोनाबाट ला मसियाबाट जन्मिएका ११ खेलाडी मैदान उत्रिएका थिए ।

त्यसबेला बार्सिलोना पुरुष टोलीको दबदबाबीच महिला टोलीले ठाउँ पाउने कसैले कल्पना समेत गरेका थिएनन् । तर, क्लबको महिला टोलीले थप सफलता हात पार्यो ।

सन् २०२० मा स्पेनमा ७७ हजार चार सय लाइसेन्स भएका महिला खेलाडी थिए । स्पेनको खेलकुद मन्त्रालयका अनुसार यो सम्पूर्ण फुटबल फेडेरेशनको सात दशमलव दुई प्रतिशत हो ।

यो अझै पनि निकै सानो तथ्यांक हो । तर, सन् २०११ को ३६ हजार दुई सय अर्थात चार दशमलव तीन प्रतिशतभन्दा निकै माथी हो । 
‘यहाँ अझै धेरै कुराहरुको अभाव छ, जस्तो लिगमा व्यवसायिकता छैन,’ कोरोनाडोले भनिन्, ‘हामी सबैलाई थाहा छ, पारिश्रमीक समान छैन, तर हाम्रो चाहना फुटबलबाटै अझ राम्रो जिवनयापन होस् भन्ने हो । हामी यसैका लागी लड्दै छौं ।’

स्पेनको खेलकुद मन्त्रालयले जुनमा महिला ला लिगाको व्यवसायिकतालाई मान्यता प्रदान गरेको थियो । तर यस सम्बन्धी भएका बहसहरुले यो जटिल साबित भइरहेको छ ।

बार्सिलोनकी डिफेन्डर जाना फर्नान्डेजले आफुसँगैको अन्य पुस्ताजस्तै फुटबल खेल्न पुरुष खेलाडीसँगै खेल्न सुरु गरेकी थिइन् ।

फर्नान्डेज ६ वर्षको हुदाँ उनले आफ्नो अभिभावकहरुलाई नजिकको स्थानिय क्लबबाट फुटबल खेल्न सहमत गराएकी थिइन ।  अहिले उनी १९ की भइन् र उनले बार्सिलोनाबाट ‘तेहेरो’ उपाधि जितिसकेकी छिन् । तर यहाँसम्म आइपुग्ने उनको बाटो सहज भने थिएन ।

‘म अहिले ला मसियामा रहेका केटीहरुलाई सकेसम्म घेरै फाइदा उठाउन भन्छु किनकी यो ठूलो अवसर हो, फर्नान्डेजले भनिन् ।

महिला खेलकुदले पछिल्लो केहि वर्षयता ठुलो फड्को मारेको छ, तर अझै पनि यसमा धेरै काम गर्न बाँकी छ ।

‘हामी खेलाडीहरुले अझ धेरै अवसर पाएको हेर्न चाहन्छौ । हामी निरनतर त्यसैका लागि लडिरहेका छौंैं,’ फर्नान्डेजले भनिन्, ‘जसले नयाँ खेलाडीहरुलाई अवसर नै अवसर मिल्नेछ ।