एएफसी यु -२३ एसिया कप छनोट

पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । एएफसी यु-२३ एसियन कप छनोट चरणको दोस्रो खेलमा नेपालले आज आयोजक ताजकिस्तानको सामना गर्दैछ । 

समूह ‘बी’मा रहेको नेपालले मंगलबार पहिलो खेलमा इरानलाई ४-० को नतिजा सुम्पिएको थियो । 

छनोट चरणमा ११ टोली सहभागी छन् । जसबाट प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट पाँच उपविजेता  गरि १६ टोली उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने  एएफसी यु-२३ एसियन कपका लागि छनोट हुनेछन् ।

त्यसैले नेपाल ताजकिस्तानविरुद्ध तीन अंक जोड्दै छनोट सम्भावना जीवित राख्न चाहन्छ । 

ताजकिस्तानसँगको हारले नेपालको अघिल्लो चरण प्रवेश सम्भावना न्युन बन्ने छ । खेल नेपाली समय अनुसार साझ ७ः७५ बजे मा हुनेछ । 

आजै हुने पहिलो खेलमा इरानले लेबननको समना गर्दैछ । सो खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे हुनेछ । 

समूह ‘बी’ मा नेपालसँगै ताजकिस्तान, लेबनन र इरान रहेका छन् ।  समूह ‘बी’ मा इरान र ताजकिस्तानको एक खेलबाट समान तीन अंक छ । 

पहिलो खेलमा लेबननलाई हराएको ताजकिस्तान लगातार दोस्रो जितका साथ शीर्ष स्थानमा बस्दै नकआउट चरण प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ ।