मानेभञ्याङ गोल्डकप

मानेभञ्याङ गोल्डकपः सहज जितका साथ बिएसके फाइनलमा

मानेभञ्याङ (भारत) । बिएसके जलपाइगुडी सातौ मानेभञ्याङ गोल्डकपको फाइनल प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा बिएसकेले कञ्चनजंघा एफसी सिलिगुडीमाथि ७-२ को फराकिलो जित निकालेको हो ।

खेलको पाँचौं मिनेटमा करण राईको फ्रिकिक गोलमार्फत बिएसकेले अग्रता लिएको थियो । १९ औं मिनेटमा आनिश राई फ्रिकिकमार्फत नै गोल गर्दै सिलिगुडीलाई बराबरीमा ल्यााए ।

चार मिनेटपछि नै करणले व्यक्तिगत दोश्रो गोल गरेपछि बिएसके २-१ ले अगाडि बढ्यो । २६औं मिनेटमा अनिश पेनाल्टीमा चुक्दा सिलिगुडीले बराबरी गर्ने अवसर गुमायो ।

स्टेफन समिरले पेनाल्टी बक्समा फउल गरेपछि प्राप्त पेनाल्टीमा अनिशको प्रहार बारमा लागेर फर्किएको थियो ।  

दोश्रो हाफको सुरुआतमै सिलिगुडी १० खेलाडीमा सोटियो । दोस्रो मिनेटमै स्टेफेन समिर माथि फाउल गरेपछि अभिषेक लिम्बुले कार्ड व्यहोरेको थिए ।

लगतै फ्रिकिकमार्फत गोल गर्दै करणले ह्याट्रिक पुरा गरे । ४५ औं मिनेटमा करणको प्रहारमा गोलकिपरबाट रिबाउन्ड भएर आएको बललाई स्टेफेनले जाली चुमाउँदै  बिएसकेलाई ४-१ को अग्रता दिलाए ।

चार मिनेपछि नै प्रतिक लामाको क्रसलाई जुनियरले गोलमा परिणत गर्दा बिएसके ५-१ ले अगाडि बढ्यो ।

५६ औं  मिनेटमा अनिशको पासलाई राम राईले जाली चुमाउँदै खेललाई ५-२ को स्थितामा ल्याए । ६१ औं मिनेटमा स्टेफेनको क्रस पासमा जुनियरले व्यक्तिगत दोश्रो  तथा टोलीका लागि छैटौं गोल गरे ।

इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएसके ७-२ ले वियी भयो । 

प्रतियोगिताको दोश्रो सेमिफाइनलमा चाँद एफसी र टेरिटोरियल आर्मी प्रतिस्पर्धा गर्नेछन् ।