इन्टर मियामी

पहिलो हाफमै मियामीको तीन गोल

काठमाडौं । लिग कपअन्तर्गत जारी फिलाडेल्फियाविरुद्धको पहिलो हाफमै कप्तान लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि इन्टर मियामीले ३-० को अग्रता बनाएको छ ।

अहिले जारी सेमिफाइनलको पहिलो हाफ सम्पन्न हुँदा इन्टर मियामीले खेल आफ्नो पक्षमा राख्दै फाइलन पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हाफमा जोसेफ मार्टिनेज, मेसी तथा रक्षक जोर्डी अल्बाले समान एक गोल गरेका छन् ।

खेलको तेस्रो मिनेटमै मियामीले अग्रता बनाएको थियो । सेर्फी क्रिभटसोभको पासमा मार्टिनेजले बक्सभित्रबाट उत्कृष्ट गोल गरेका हुन् ।

खेलको२०औं मिनेटमा मियामीले २-० को अग्रता बनायो । मार्टिनेजले मध्यभागमा मिलाएको बललाई अगाडी बढाउँदै मेसीले २५ यार्डबाट सहज गोल गरेका हुन् । मेसीको मियामीमा यो नवौं गोल हो । यसै सिजन अनुबन्ध भएका मेसीले ६ खेल खेलेका छन् ।

पहिलो हाफको  इन्जुरी समयमा रक्षक जोडी अल्बाले तेस्रो गोल गरे । रोबर्ट टेलरले मिलाएको बललाई अल्बाले बक्स भित्रबाट सानदार गोल गरेका हुन् । मियामीको लागि अल्बाको पहिलो गोल हो ।