जुनियर टेबल टेनिस प्रतियोगिता

जुनियर टेबल टेनिस भदौ अन्तिम साता हुने

सांकेतिक तस्विर

काठमाडौं ।  अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा दोश्रो कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता  भदौ अन्तिम साता हुने भएको छ ।

आयोजनकले प्रतियोगिता भदौ २७ गतेदेखि हुने जानकारी दिएको हो । प्रतियोगितामा चार स्पर्धा समावेश गरिएको आयोजक संघका अध्यक्ष चतुरानन्दराज वैद्यले जनाएका छन् ।

प्रतियोगितामा यु-१९ उमेर समूहअन्तर्गत जुनियर र क्याडेटतर्फ ब्वाइज/गर्ल्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र ३/३ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक धर्ममान वज्राचार्यले जानकारी गराए ।

कल्याणराज पाण्डे ट्रस्टको प्रायोजनामा हुने चार दिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।