स्पेनिस ला लिगा

जाभी र राफिन्हालाई रातो कार्ड, बार्सिलोना रोकियो

काठमाडौं । स्पेनिस ला लिगा नयाँ सिजनको पहिलो खेलमा बार्सिलानोले गेटाफेसँग अंक बाढेको छ । आइतबार राति गेटाफेको मैदानमा प्रशिक्षक जाभी हर्नान्डेज र अट्याकर राफिन्हाले रातो कार्डको सामना गर्दा बार्सिलोना गोलरहित बराबरी रोकिएको हो ।

साविक विजेता बार्सिलोना र गेटाफेले पहिलो खेलमा एक अंक जोडेको छन् । खेलमा दुबै टोली १० खेलाडीमा सिमित बनेका थिए । ४२औं मिनेटमा बार्सिलोनाका राफिन्हाले दोहोरो पहँेलो कार्डको सामना गरेका हुन् । गेटाफेका जेम माटाले ६९ मिनेटमा दाहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडे ।

दोस्रो हाफमा फोर्थ रेफ्रीलाई धक्का लगाएपछि जाभीले सिधै रातो कार्ड पाएका हुन् ।

खेल सकिँन २० मिनेटअघि रोबर्टाे लेवान्डोस्कीको हेडर गोललाईनबाट अल्भारेजले क्लियर गरेपछि बार्सिलोना अंक बाढ्न बाध्य भयो । खेलभर बार्सिलोनाले १४ प्रहार गरेपछि फिनिसिङमा चुकेको थियो ।

इन्जुरी समयको १२औं मिनेटमा बार्सिलोनाले पेनाल्टी पाएको थियो । तर, भिडियो सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन । 
स्पेनिस ला लिगाको अन्य खेलमा रियाल बेटिसले भिल्लारियललाई २–१ र ओसासुनाले सेल्टा भिगोलाई २–० ले पराजित गरेका छन् ।