छथर गाउँपालिकामा चौथो अध्यक्ष कप

छथर गाउँपालिका अध्यक्ष कप हुने

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिकामा चौथो अध्यक्ष कप प्रतियोगिता आयोजना हुने भएको छ ।

गाउँपालिका क्षेत्रलाई खेल पर्यटनका साथै लोपोन्मुख कला, संस्कार, संस्कृती संरक्षण गर्ने उदेश्यका साथ भदौं पूर्णिमा मेला तथा चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताएका छन् ।

मेलाको अवसरमा फुटबल, भलिबल र ब्याटमिन्टन प्रतियोगिता हुनेछ । फुटबल खेललाई उत्कृष्ट बनाउन यसपटक पुरस्कार राशि बढाएर विभिन्न जिल्लाका टिमहरुलाई सहभागी गराइने बताइएको छ  ।

कुल १६ टोली सहभागी हुने फुटबल प्रतियोगितातर्फ विजेताले एक लाख ५१ हजार रुपैयाँ पाउनेछ । उपविजेताले ७५ हजार रुपैयाँ पाउँदा सेमिफाइनलबाट बाहिरिनेले २० हजार तथा दोस्रो चरणबाट बाहिरिनेले दश हजार रुपैयाँ पाउनेछन् ।

भलिबल प्रतियोगितामा प्रथम हुनेले एक लाख ५१ हजार र दोस्रोले ७५ हजार रुपैयाँ पाउनेछन् । ब्याटमिन्टनतर्फ प्रथम हुनेले ४१ र दोस्रोले २५ हजार रुपैयाँ प्राप्त गर्ने रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताए ।