बेन्जामिन मेन्डी

फ्रेन्च रक्षक मेन्डी लोरियन्टमा अनुबन्ध

काठमाडौं । रक्षक बेन्जामिन मेन्डी बलात्कारको आरोपमा सफाइ पाएको पाँच दिनपछि नै फ्रेन्च क्लब लोरियन्टमा अनुबन्धित भएका छन् ।

मेन्डीले लोरियन्टसँग दुई वर्षको सम्झौतामा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।

मेन्डीमाथि आफ्नै घरमा दुई महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । तर गत शुक्रबार चेस्टर क्राउन अदालतले उनलाई सफाइ दिएको थियो ।

फ्रान्सको राष्ट्रिय टोलीबाट खेलिसकेका मेन्डीलाई जनवरीमा बलात्कारको ६ वटा मुद्दा र यौन दुर्व्यवहारको एक मुद्दामा अदालतले सफाई दिएको हो ।

 इङ्लिस क्लब म्यानचेस्टर सिटीले सन् २०१७ मा  मोनाकोबाट ५२ मिलियन पाउन्डमा अनुबन्ध गर्दा मेन्डी विश्वको सबैभन्दा महँगा रक्षक बनेका थिए ।

उनले पछिल्लो पटक सिटीका लागि सन् २०२१ को अगस्टमा टोटेनहमविरुद्ध प्रतिस्पर्धात्मक फुटबल खेलेका थिए ।

सिटी र मेन्डीबीचको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । मेन्डीले सिटीका लागि ५० प्रिमियर लिग खेल खेल्दा दुई गोल पनि गरे ।