इङ्लिस प्रिमियर लिग

बार्नेस न्युक्यासल जाँदै

लन्डन । इङ्लिस प्रिमियर लिगको क्लब न्युक्यासल युनाइटेडले नयाँ सिजनका लागि हार्भे ब्रार्नेसलाई अनुबन्ध गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार बार्नेसको अनुबन्धका लागि वेस्ट हम र एस्टन भिल्लाले पनि इच्छा देखाएका थिए । तर लेस्टरका विंगरका लागि न्युक्यासलले एस्टन भिल्ला र वेस्ट हमलाई पछि पारेको बताइएको छ ।

न्युक्यासलले प्रिमियर लिगको चौथो स्थानमा बस्दै गत सिजनको अन्त्य गरेको थियो । यससँगै टोलीले यस सिजनको च्याम्पियन्स लिगमा समेत स्थान बनाएको थियो । 

न्युक्यासलले यसअघि एसी मिलानका सान्ड्रो टोनालीलाई अनुबन्ध गरेको थियो । 

२५ वर्षका बार्नेसले इङ्ल्यान्डबाट एक खेल खेलेका छन । लेस्टरबाट उनले प्रिमियर लिगको १ सय ४६ खेलमा ३५ गोल गरेका छन ।गत सिजन भने उनले लेस्टरका लागि १३ गोल गरेका थिए । 

सन् २०१६ को विजेता लेस्टर गत सिजन भने प्रिमियर लिगको हैसियत जोगाउन सफल भएन ।