एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग

हेल्प नेपालको विजयी सुरुआत

फाइल तस्बिर

काठमाडौं । हेल्प नेपाल स्पोर्टस क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा आइतबार सम्पन्न खेलमा हेल्प नेपालले शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

हेल्प नेपालले खेल २५-१२, २५-१५ र २५-१९ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै हेल्प नेपालले ३ अंक जोडेको छ । लगातार दोस्रो पराजय ब्यहोरेको शैलङ्ग अंकविहिन छ । शैलुङ पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग ३-० कै सेटमा पराजित भएको थियो ।

सोमबार हेल्प नेपालले दवाँली मलिन क्लब र शैलुङ्गले नेपाल पुलिस क्लबको सामना गर्नेछन् ।

आइतबार नै हुने पुरुषतर्फको खेलमा आर्मी र दवाँली तथा नेपाल एफिएफ क्लब र गण्डकी प्रदेश आमने सामने हुनेछन् ।

यसैगरी महिलातर्फ एपिएफले आर्मी, न्यू डायमन्ड युथ स्पोर्टस क्लबले गण्डकी प्रदेश र पुलिसले एभरेस्ट भलिबल क्लबको सामना गर्नेछन् ।