बार्सिलोना

बार्सिलोना भित्रिए गुन्डोगान

काठमाडौं । जर्मन मिडफिल्डर इल्के गुन्डोगान स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध भएका छन् ।

बार्सिलोनाले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीबाट गुन्डोगानलाई फ्रि-ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

गुन्डोगान र बार्सिलोनाबीच दुई वर्षको सम्झौता भएको छ ।  सिटीसँग गुन्डोगानको सम्झौता यसै महिनाको अन्त्यसँगै सकिएको थियो ।

३२ वर्षीय गुन्डोगानलाई सिटीले नयाँ सम्झौताको प्रस्ताव गरे पनि गुन्डोगानले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना रोजेका हुन् । सिटीले यस सिजन ‘ट्रेबल’ जित्दा गुन्डोगान टोलीको महत्वपूर्ण खेलाडी थिए ।

सन् २०१६ मा जर्मन क्लब बोरुसिया डर्टमन्डबाट सिटी भित्रिएका गुन्डोगानले एक सय ८८ प्रिमियर लिग खेलमा ४४ गोल गरेका छन् ।  

सिटीसँगको सात वर्षको यात्रामा गुन्डोगानले पाँच पटक प्रिमियर लिग, दुई पटक एफए कप, चार पटक लिग कप र एक पटक च्याम्पियन्स लिग जिते।