काठमाडौं । सातौं प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिता असार अन्तिम साता हुने भएको छ ।
नेपाल भलिबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २३ देखि ३० सम्म हुने जनाएको हो ।
प्रतियोगितामा सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनिसपबाट छनोट भएका आठ पुरुष तथा ६ महिला टोलीले सहभागिता जनाउने छन् ।
पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब , त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ बलब, नेपाल पुलिस क्लब, दावाली मिलन क्लब, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस क्लब रामेछाप सहभागी हुनेछन् ।
यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, न्यू डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लव, एभरेस्ट भलिवल क्लब बुटवल र गण्डकी प्रदेश भलिबल संघको सहभागिता रहने छ ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ शीर्ष चार स्थान प्राप्त गर्नेले क्रमशः ६ लाख, तीन लाख, एक लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगितामा दुवैतर्फको सर्वोत्कृष्ट खेलाडीले जनही ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार रुपौयाँ पाउने छन् ।