इङ्लिस प्रिमियर लिग

इराओला बर्नमाउथको नयाँ प्रशिक्षकमा नियुक्त

काठमाडौं । इङ्लिस क्लब बर्नमाउथले एन्डोनी इराओलालाई नयाँ मुख्य प्रशिक्षकपमा  नियुक्त गरेको छ ।

क्लबले सोमबार ग्यारी ओ‘निलको स्थानमा इराओलाई मुख्य प्रशिक्षक नियुक्त गरेका हो ।  

बर्नमाउथले नियुक्तिको सात महिनापछि ओ‘निललाई बर्खास्त गरेको थियो । ओ‘निलको प्रशिक्षणमा गत सिजन बर्नमाउथले १५औं स्थानमा रहेर लिग सकाएको थियो ।

४० वर्षीय स्पेनिस प्रशिक्षक इराओलाले बर्नमाउथसँग दुई वर्षको सम्झौता गरेका छन् । 

इराओलाको प्रशिक्षणमा राय भालेकानो गत सिजन स्पेनिस ला लिगमा ११ औं स्थानमा रहेको थियो ।

सन् २०१८ मा साइप्रसको एइके लर्नाकाबाट आफ्नो पशिक्षण करिअर सुरु गरेका इराओलाले रायो भालेकानो आउनुअघि स्पेनकै मिरान्डेसको प्रशिक्षण सम्हालेका थिए ।