काभा पुरुष भलिबल नेसन्स लिग

काभा नेसन्स लिगः नेपालको लगातार दोस्रो हार

फाइल तस्बिर

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा सोमबार भएको खेलमा नेपाल आयोजक किर्गिस्तानसँग ३-१ को सेटमा  पराजित भएको हो ।

नेपालले खेल २४-२६,२५-२१,१८-२५ र १६-२५ ले गुमाएको हो ।

आइतबार भएको पहिलो खेलमा पनि नेपाल मंगोलियासँग ३-१ कै सेटमा पराजित भएको थियो । नेपालले खेल १९-२५,२०-२५, २७-२५ र २०-२५ ले गुमाएको थियो ।

नेपालले तेस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ ।

काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।