कोन्काफ नेसन्स लिग

अमेरिका लगातार दोस्रो पटक कोन्काफ नेसन्स लिग च्याम्पियन

काठमाडौं । क्यानाडालाई २-० ले पराजित गर्दै अमेरिका लगातार दोस्रो पटक कोन्काफ नेसन्स लिगको च्याम्पियन बनेको छ ।

सोमबार बिहान लास भेगास नेभाडामा भएको खेलमा घरेलु टोली अमेरिकालाई जित दिलाउन  क्रिस रिचार्ड्स र फोलारिन बालोगनले समान एक  गोल गरे ।

खेलको १२औं मिनेटमा रिचार्ड्सको गोलमार्फत अमेरिकाले अग्रता लिएको थियो । उनले जियोभानी रेनाको पासलाई सदुपयोग गरेका थिए ।

३४औं मिनेटमा बालोगनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे । यसपटक पनि रेनाले नै गोलको अवसर सिर्जना गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा अमेरिका च्याम्यिन बन्यो । अघिल्लो संस्करणमा मेक्सिकोलाई पराजित गर्दै अमेरिका च्याम्पियन बनेको थियो ।

पानमालाई १-० ले पराजित गर्दै मेक्सिकोले तेस्रो स्थान हासिल गरेको छ ।