काभा पुरुष भलिबल नेसन्स लिग

मंगोलियाको सामना गर्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले आइतबार मंगोलियाको सामना गर्दैछ ।

किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाल र मंगोलियाबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल सुखद सुरुआत गर्न चाहन्छ । मंगोलिया पनि विजयी सुरुआतको लक्ष्यमा छ ।

नेपाल हरिहजुर थापाको कप्तानीमा मैदान उत्रनेछ । काभा नेसन्स लिगमा नेपालसहित सात टोलीको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको पद्धतीमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टोली

हरिहजुर थापा (कप्तान), लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा