वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिता

भेट्रान फुटबबलः तकामी र फ्रिडम फाइनलमा

काठमाडौं । तकामी र साबिक विजेता फ्रिडम फाइटर दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

चावहिल स्पोर्टस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क, चावहिल मैदानमा शनिबार भएको पहिलो सेमिफाइनलमा तकामीले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा मा २-१ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

काठमाडौं महानगरपालिका वडा ७ द्धारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा फ्रिडमले एसएनकेसीलाई १-० ले हरायो । फाइनल सोमबार हुनेछ ।

प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार तथा विधागततर्फ उत्कृष्टले जनही पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।