इङ्लिस प्रिमियर लिग

राया अनुबन्ध नजिक टोटनहम

काठमाडौं । इङ्लिस क्लब टोटनहम स्पेनिस गोलकिपर डेविड राया अनुबन्ध नजिक पुगेको छ ।

विभिन्न सञ्चारमाध्यममा आएका सामाचारका अनुसार टोटनहम अर्को इङ्लिस क्लब ब्रेन्टफोर्डबाट राया अनुबन्ध नजिक पुगेको हो ।

ब्रेन्टफोर्डले रायाको रिलिज क्लज ४० मिलियन युरो राखेको छ ।

टोटेनहम र रायाका प्रतिनिधिबीचको छलफल सकारात्मक भएको बताइएको छ । टोटनहम ह्युगो लोरिसको विकल्पका रुपमा राया भित्र्याउन चाहन्छ ।

सन् २०१९ मा इङ्लिस क्लब ब्ल्याकबर्न रोभर्सबाट ब्रेन्टफोर्ड भित्रिएका रायाले एक सय ५० प्रिमियर लिग खेल खेलेका छन् ।