चर्किदै एन्फा विवादः उपाध्यक्षसहित चार जनाको ‘नोट अफ डिसेन्ट’

काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा)को गत बैशाख २५ गते बसेकोआपतकालिन कार्यसमिमित बैठकले पारित गरेकाेआर्थिक एन्जेन्डाको विषयमा उपाध्यक्षसहित चार जनाले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।

बैठकप्रति असन्तुष्ट एन्फा उपध्यक्ष विराटजंग शाही तथा केन्द्रिय सदस्यहरु रविन्द्र चन्द ठकुरी, रुपेश अधिकारी र भोजराज शाहीले जेठ १५ गते इमेलमार्फत महासचिव किरण राईलाई ‘नोट अफ डिसेन्ट’ बुझाएका हुन्  ।

सातदोबाटो स्थित एन्फा मुख्यालयमा बैशाख २५ गते बसेको आकस्मिक कार्यसमितीको बैठकले सन् २०२३ का लागि ६७ करोड आठ लाख १५ हजार रुपैयाँ बजेट परिमार्जन सहित पारित गर्ने, फिफाको सहयोगमा प्राप्त हुने फिफा फरवार्ड २.० को प्रोजेक्ट फन्डिङको बजेट अपरेशन शिर्षकमा रहेको बजेट रकमान्तरण गर्न फिफालाई अनुरोध गर्ने, फिफा फरवार्ड ३.० को (२०२३/२६) सम्म चल्ने प्रोजेक्ट फन्डिङको सिएओ पारित गरि रणनितिक प्लानलाई पुनरावलोकन गर्ने निर्णय गरेको थियो ।

‘कार्यसमिति बैठकबाट हतारमा एक वर्ष भरीको बजेट पारजित भएको छ । बजेट फुटबलको विकाश गर्नु भन्दा पनि प्रशासनिक खर्चमा केन्द्रित छ । फिफाबाट पुर्वाधार निमार्ण, ग्रासरुट प्रोगाम लगायतका शीर्षकमा आएको बजेटलाई रकमान्तरण गरेर लिग लगयातका प्रतियोगिता गर्ने निर्णय गरिएको छ । यसमा हाम्रो असहमति हो,‘केन्द्रिय सदस्य रुपेश अधिकारीले भने,‘ हाम्रो माग भनेको फिफाबाट जुन शीर्षकमा बिजेट आएको छ । त्यसैमा खर्च हुनुपर्छ भन्ने हो । ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग लगायत अन्य प्रतियोगिताका लागि एन्फा अन्य प्रायोजक खोज्न सक्नुपर्छ, अन्य प्रशासनिक खर्च पनि आन्तरिक स्रोतबाट जुटाउन सक्नु पर्छ ।’