वैशाख २८, २०८२ आइतबार | १९:४१:५८
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

अर्को सिजन पनि आइपिएल खेल्ने धोनीको संकेत

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को च्याम्पियन टोली चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले आगमी वर्ष पनि लिग खेल्ने संकेत गरेका छन् ।

सोमबार राती गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले पराजित धोनीले संन्यास लिने यो उत्कृष्ट समय भए पनि दर्शकले देखाएको अद्धभूत मायाको कारण अर्को वर्ष अन्तिम पटक खेल्ने प्रयास गर्ने बताएका हुन् ।

‘मेरा लागि संन्यास लिने यो सबैभन्दा उत्कृष्ट समय हो । तर यो वर्ष म जहाँ खेले पनि समर्थकबाट माया र स्नेह देखेको छु । यसका लागि धेरै धेरै धन्यवाद । मेरो लागि अर्को सिजनका लागि कडा परिश्रम गर्नु गाह्रो कुराहो । तर, कडा मिहिनेत गर्दै अगामी वर्ष अन्तिम सिजन खेल्ने प्रयास गर्नेछु’, धोनीले भने ।

धोनीले समर्थकलाई उपहार दिन चाहेको बताए ।

‘यो मेरो शारीरिक अवस्थामा भरपर्नेछ । म ६/ ७ महिनामा निर्णय लिनेछु । यो मेरो तर्फबाट उपहार जस्तै हुनेछ । मेरो लागि सजिलो छैन । तर त्यो समर्थकका लागि उपहार हुनेछ । समर्थकहरुले माया र स्नेह देखाउने तरिकाले मलाई लाग्छ उनीहरुको लागि केहि गर्न आवश्यक छ,’ धोनीले थपे ।

धोनीले आइपिएलको पहिलाे संस्कण  सन् २००८ देखि नै चेन्नईको कप्तानी गर्दै आएका छन् । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो । यसैगरी चेन्नई सन् २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो ।

४१  वर्षीय धोनीले सन् २०२० मा  अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP