पिएसजी

ओडेगार्ड भित्र्याउने पिएसजीको चाहना

काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नर्वेका मिडफिल्डर मार्टिन ओडेगार्ड भित्र्याउने चाहना राखेको छ ।

द मेलका अनुसार पिएजसजीले आगामी जुलाई ट्रान्सफर विन्डोमा इङ्लिस क्लब आर्सनलका कप्तान ओडेगार्ड भित्र्याउने इच्छा देखाएको हो ।

पिएसजीले भित्र्याउने चाहना राखेको भए पनि आर्सनल भने ओडेगार्डलाई अयन्त्र पठाउने योजनामा छैन ।

सन् २०२१ मा स्पेनिस क्लब रियाल मड्रिडबाट लोनमा आर्सनल आएका ओडेगार्डलाई क्लबले सोही वर्ष स्थायी खेलाडीको रूपमा अनुबन्ध गरेको थियो ।

ओडेगार्डले ७३ प्रिमियर लिग खेलमा २२ गोल गरेका छन् ।