सुदूरपश्चिम प्रदेश फुटबल संघ

सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । सुदूरपश्चिम प्रदेश फुटबल संघको नयाँ अध्यक्षमा दिनेशकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

महेन्द्रनगरमा शनिबार भएको प्रदेश संघको अधिवेशले श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा राघवेन्द्र कार्की, तेजबहादुर चन्द र खेमबहादुर रावत चुनिएका छन् ।

अधिवेशनले महिला सदस्यमा मीना कुवर ठगुन्ना तथा सदस्यमा दिनेश मल्ल, गोपाल चन्द, धिरज चन्द, धिरज बोहरा, हेमकृष्ण रञ्जितकार, नृप बुढा, ठक्कर देउवा, दीपेन्द्रबहादुर सिंह, दिनेश कालेल र गोरख रोयकालाई चयन गरेको छ ।

महमधिवेशनमा एन्फा केन्द्रिय सहसदस्य रवीन्द्र चन्द र अनिल मल्ल प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।