सहिद स्मारक ‘ए’ डिभिजन लिग

फ्रेन्ड्ससँग बराबरीमा रोकियो थ्री स्टार

फाइल तस्बिर

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब फ्रेन्ड्स क्लबसँग गोलरहित बबराबरीमा रोकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार शनिबार सम्पन्न खेलमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

खेलको २३औं मिनेटमा महेन्द्र कार्कीको प्रहारलाई फ्रेन्ड्सका गोलरकिपर राजाबाबु थापाले डाइभ दिदै बचाए ।

४१औं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकलाई थ्री स्टारका गोलरकिपर मोहम्मद ताहले पञ्च गर्दै बचाए ।

७०औं मिनेटमा आदित्य शाक्यले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार बाहिरिदा थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

यस बराबरीसँगै १५ खेलमा २४ अंक जोड्दै  थ्री स्टार तेस्रो स्थानमा यथावत छ । दोस्रो स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गरेपनि थ्री स्टार हेड टु हेडमा पछि छ । फ्रेन्ड्सको समान खेलबाट १६ अंक छ ।

पहिलो लेगमा पनि यी दुईबीचको खेल ३-३ को बराबरीमा सकिएको थियो ।