वैशाख २९, २०८२ सोमबार | ००:३३:४०
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

नेप्लिज तेक्वान्दो एकेडेमी च्याम्पियन

काठमाडौं। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) ले प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिताको टिम च्याम्पियन बनेको छ ।  

च्याम्पियन एनटिएले शनिबार सम्पन्न प्रतियोगितामा आठ स्वर्ण, सात  रजत र एक कास्य जित्यो  ।

श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालद्धारा आयोजित प्रतियोगितामा तीन स्वर्ण, चार रजत र चार कास्यसाथ चन्द्रागिरी दोश्रो भयो । तेश्रो स्थान हासिल गरेको एम्बासडरले समान तीन स्वर्ण, रजत र कास्य जित्यो ।

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा गोकर्णेश्वर नगर खेलकुद विकास समिति र गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजनमा भएको प्रतियोगिताको पुरुषमा एनटिएका भिजन तामाङ तथा महिलामा कोटेश्वरकी इशिका राणा उत्कृष्ट खेलाडी घोषित भए । 

भिजनले एकल पुम्से र ३२ केजीमुनि तथा इशिकाले ५० केजीमुनि स्वर्ण जितेका थिए । दुवैले जनही पाँच हजार प्राप्त गरे ।

विजेतालाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक राजु क्षेत्री, गोकर्णेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष सञ्जय लामा, तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

गोकर्णेश्वर नगरपालिका वडा१ को सुन्दरीजलस्थित ओख्रेनी माविमा भएको दुईदिने प्रतियोगिताको गेरोगीका २१ तथा पुम्से (एकल)का दुई गरी २३ स्पर्धामा तीन सय १२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

ध्रुव र अशोक सम्मानित

आयोजक श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालले  शनिबार कान्तिपुर दैनिकका खेल पत्रकार ध्रुवकुमार तुलाधर र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई सम्मान गरेको छ ।

तुलाधरलाई चक्रबहादुर स्मृति खेलकुद पत्रकार तथा अशोकलाई चक्रबहादुर स्मृति खेलकुद पुरस्कारबाट सम्मानित गरेको हो ।दुवैलाई आआफ्नो क्षेत्रमा गरेको कार्यको मुल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP