आइडब्लुएल

किक स्टार्टको फराकिलो जितमा सरुको २ गोल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर सुरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीले इन्डियन वुमन्स लिगमा (आइडब्लुएल) मा लगतार दोस्रो जित निकालेको छ ।

किकले  बुधबार सम्पन्न खेलमा चर्चिल ब्रदर्स एफसीमाथि १०-० को फराकिलो जित निकालेको हो । किकलाई जित दिलाउन काव्या पाकिरीसामीले ४, सरु र किओको एलिजाबेथ कटुङ्गवा समान २ तथा लैशराम बिबिचा देवी र सोनिया मराकले समान १ गोल गरे ।

काव्याले ६८,७८ र ८२ औं मिनेट तथा दोस्रो हाफको इज्जुरी समयमा गोल गरिन् । यसैगरी गरी सरुले ३६ र ९०, किओकोले १४ र २३ औं मिनेन, सोनियाले पहिलो हाफमो इन्जुरी समय तथा लैशरामले ७२ औं मिनेटमा गोल गरे ।

यस जितसँगै समूह ‘बी’को किक ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजय ब्यहोरेको चर्चिल विना अंक पुछारमा छ ।

सरुले ९० मिनेट नै खेल्दा रेनुका ६२औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

यसैगरी बुधबार नै समपन्न खेलमा नेपाली टोलीको मिडफिल्डर अनिता बस्नेत सम्मिलित लर्डस एफएले सेन्ट्रल रिजर्भ पुलिस फार्स एफसीसँग ५-२ को पराजय ब्यहोरेको छ ।