स्पेनिस ला लिगा

रियालले स्पान्योललाई हरायो

काठमाडौं । एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै रियाल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पान्योलमाथि ३-१ को जित निकालेको छ ।

यस जितसँगै रियलले २५ खेलमा ५६ अंक जोडेको रियाल दोस्रो स्थानमा रहँदा पराजय ब्यहोरेको स्पान्योल समान खेलबाट २७ अंकका साथ १३ औं स्थानमा छ ।

रियालको मैदान सान्टियागो बर्नाबेउमा खेलको आठौं मिनेटमा जोसेलुले गोल गर्दै  स्पान्योललाई अग्रता दिलाएका थिए । जोसेलुले रुवेन सान्चेजको पासलाई पोस्टको दिशा दिएका हुन् । 

२२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई १-१ को बराबरीमा ल्याए । जुनियरले टोनी क्रुसको पासलाई सदुपयोग गरेका थिए । 

ओरिलियन चुआमेनीको पासमा गोल गर्दै ३९ औं मिनेटमा इडर मिलिटाओले रियालाई २-१ ले अघि बढाए । इन्जुरी समयमा मार्को एसेन्सियोले गोल गर्दै रियाललाई ३-१ को जित दिलाए । एसेन्सियोले नाचो फर्नान्डेसको पासलाई पोस्टको दिशा दिए ।