इङ्लिस प्रिमियर लिग

लिभरपुल बर्नमाउथसँग पराजित

काठमाडौं ।  लिभरपुल मोहम्मद सलाह पेनाल्टीमा चुक्दा इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा घरेलु टोली बर्नमाउथसँग१-० ले पराजित भएको छ ।

६९ औं मिनेटमा डिएगो जोटाको प्रहार एडम स्मिथको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै लिभरपुललाई पेनाल्टी प्रदान गरेपनि सलाहले गोल गर्न सकेनन् । 

यस जितसँगै बर्नमाउथ २६ खेलमा २४ अंकका साथ १६ औं स्थानमा उक्लिँदा पराजय ब्यहोरेको लिभरपुल समान खेलबाट ४२ अंकका सथा पाँचौँ स्थानमा छ ।

घरेलु मैदान भिटालिटी स्टेडियममा फिलिप विलिङग खेलको २८ औं मिनेटमा गरेको एक मात्र गोल बर्नमाउथको जितमा निर्णायक बन्यो । विलिङले डान्गो ओउटाराको पासलाई सुदपयोग गरेका थिए । जारी सिजनमा विलिङगको यो छैटौंं गोल हो ।