पिस प्वाइन्ट कप

सम्भावीलाई हराउँदै लिबर्टी क्वार्टरफाइनलमा

सांकेतिक तस्बिर

काठमाडौं । लिबर्टी पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
 

प्वाइन्ट बोर्डिङको आयोजनमा भइरहेको प्रतियोगितमा लिबर्टीले बिहिबार सम्भावीलाई ६-२ गोलले पराजित गरेको हो । लिबर्टीका युनिश श्रेष्ठले ह्याट्रिक पूरा गर्दा छिरिङ शेर्पाले दुई तथा रोहित ढकालले एक गोल गरे । सम्भावीका आयुश बुढाथोकी र सञ्जय शाहले समान एक गोल फर्काए ।

सानोगौचरणमा भइरहेको प्रतियोगितामा सिद्धार्थ बनस्थली र नेपाल सेन्ट्रल पनि आ-आफ्नो खेल जित्दै क्वार्टरफाइनलमा पुगेका छन् ।
सिद्धार्थ बनस्थलीले नेपाल सेन्ट्रललाई ३-२ ले हरायो । विजेता टोलीका लागि अनिकेट तामाङले दुई तथा भाष्करले एक गोल गरे । नेपाल सेन्ट्रलका युवराज तामाङ र सुयोग अधिकारीले १-१ गोल फर्काए ।

 नेपाल ताराले एजीएममाथि ८-० को सहज जित निकाल्यो । विजयी टिमका लागि भुवन श्रेष्ठले पाँच तथा आयुश लामाले ह्याट्रिक पूरा गोल गरे ।