च्याम्पियन्स लिग

डर्टमन्ड र बेन्फिकाको जित

लन्डन ।  चेल्सी बुधबार च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग १-० ले पराजित भएको छ । 

करिम एडेमीले गरेको गोल डर्टमन्डका लागि अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पार्न पर्याप्त बन्यो । चेल्सीले मार्च सातमा दोस्रो लेगका लागि डर्टमन्डलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आतिथ्य गर्नेछ ।

याओ फेलिसक्ले पहिलो हाफमा दुई पटक सुनौलो अवसर गुमाउँदा चेल्सीले अग्रता लिने अवसर गुमाएको थियो । ६३औं मिनेटमा करिमले गरेको गोलमा डर्टमन्डले अग्रता लिएको थियो ।

चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार साउथहमटनको सामना गर्नेछ । डर्टमन्डले भने सोही दिन जर्मन बुन्डेसलिगामा हार्था बर्लिनको सामना गर्नछ ।

त्यस्तै क्लब र्बुजमाथि २-० को जितसहित बेन्फिकाले पनि क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो पारेको छ ।

५१ औं मिनेटमा याओ मारियोले गरेको गोलमा बेन्फिकाले अग्रता लिएको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा डेविड निरेसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारेका थिए ।