आइसिसी ट्वान्टी २० विश्वकप

अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल रद्द

सिड्नी । आइसिसी ट्वान्टी २० विश्वकपको समूह ‘एक’अन्तर्गत शुक्रबार हुने तय भएको अस्ट्रेलिया र इङ्ल्यान्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको छ । यसअघि शुक्रबार नै हुने भनिएको आयरल्यान्ड र अफगानिस्तानबीचको खेल पनि टस समेत नभई रद्द भएको थियो ।

कट्अफ टाइमसम्म सुरु हुन नसके रद्द भएको हो ।