नेपाली महिला क्रिकेट

एसिसी महिला टी२० च्याम्पियनसिपका लागि नेपाली क्रिकेट टिमको घोषणा

फाइल फाेटाे

काठमाडौं । एसिसी महिला टी२० च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताको लागि सोमबार रुविना क्षेत्रीको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

यसअघि प्रतियोगिताको लागि क्यानले प्रारम्भिक टिममा १९ खेलाडी बोलाएको थियो ।

जुन १७ देखि सुरु हुने च्याम्पियनसिपमा नेपाल, हङकङ, कुवेत, बहराइन र भुटानसँगै समूह ‘बी’ मा छ ।

नेपालले प्रतियोगिताअन्तर्गत जुन १७ मै भुटानविरुद्ध पहिललो खेल खेल्ने तालिका छ । यस्तै, नेपालले जुन १८ मा कुवेत, जुन २० मा बहराइन र जुन २१ मा हङकङविरुद्ध खेल्ने छ ।

नेपाली टिमः

रुविना क्षेत्री (कप्तान), इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, कविता कुवँर, अस्मिना कर्माचार्य, कविता जोसी, मम्ता चौधरी, मनिषा उपाध्याय, डोली भट्ट, विन्दु रावल, संगिता राई, अप्सरी बेगम, काजोल श्रेष्ठ, सबनम राई