अभ्यास खेल

दिपेन्द्रको अर्धशतक

काठमाडौं । नेपालका अलराउन्डर दिपेन्द्रसिंह ऐरीले मंगलबार श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा अर्धशतक पूरा गरेका छन् ।

टस हारेर ब्याटिङका लागि आएको नेपाल २८.४ ओभरको समाप्तीमा ६ विके‍ट गुमाएर एक सय ३० रन बनाएर खेलिरहेको छ ।  ३०-४ को स्थितीमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवन सराफले पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।  दिपेन्द्र ६३ रन बनाएर पभेलियन फर्किए ।

दिपेन्द्रले साेमबार पहिलो खेलमा ४३ रन जोडेका थिए ।

यसअघि पहिलो खेलमा नेपाल एक सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको नेभी एक सय तीन रनमा समेटिएको थियो ।

नेपालले मार्च ७ देखि ११ सम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।