प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कपका लागि लुम्बिनीको टोली घोषणा

काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय ट्वान्टी २० क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ ।

लुम्बिनी प्रादेशीक क्रिकेट संघले शनिबार सरस्वती घर्ती मगरको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । लुम्बिनीले पुस ५ मा गण्डकी प्रदेशसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

प्रतियोगिता पुस ५ देखि १७ गतेसम्म मुलपानी र कीर्तिपुरस्थित त्रिभुवन विश्विद्यालयको क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबको सहभागीता रहनेछ ।

प्रतियोगितामा पहिलो पटक सबै सहभागी टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा तेस्रो र चौथो स्थानमा रहने टोली भिड्नेछन् । एलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रतियोगिता दुई समूहमा विभाजन गरेर खेलाइन्थ्यो ।

लुम्बिनीको टोली

सरस्वती घर्ती मगर (कप्तान), मधु डिसी, शर्मिला रोकामगर, कमला घर्तीमगर, सुस्मिता भुषाल,  कृतिका मरासिनी (उपकप्तान), आश्मा पुलामी, कृति अधिकारी, रन्जु श्रेष्ठ, सुस्मिता बजागाईं, चमेली चौधरी, मनिषा राना, सरस्वती पुन

वैकल्पिक खेलाडी: साक्षी भण्डारी, दीपा कुँवर, जिग्यारा थापा र सोस्तिका बजागाईं