आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः पाकिस्तानले दियो दक्षिण अफ्रिकालाई २ सय ७१ रनको लक्ष्य

काठमाडौं । साउद सकिल र कप्तान बाबर आजमको अर्धशतकप्रेरित पाकिस्तानले भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकासामू २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७० रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सकिलले ५२ बलमा सात चौकाको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी आजमले ६५ बलमा चार चौका र एक छक्काको मद्दतले ५०, शादब खानले ४३, मोहम्मद रिजवानले ३१, मोहम्मद  नवाजले २४, इफ्तिखर अहमदले २१ र इमान उल हकले १२ रन बनाए ।

छैटौं विकेटका लागि सकिल र खानले ८४ रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाका लागि ताबरेज शाम्सीले चार, मार्को जेनसनले तीन, जेराल्ड कोएटजीले दुई र लुङ्गी एनगिडीले एक विकेट लिए ।

पाकिस्तान तेस्रो तथा दक्षिण अफ्रिका पाँचौं जितको लक्ष्यमा छन् ।